Skip to main content

एउटा वियोगान्त कथा

केटाले केटिलाई सोध्यो भागेर बिहे गर्ने कि मागेर बिहे गर्ने ?
केटिले भनी हामी धेरै गरीब छौ , मेरो बुवाले बिहेको खर्च धान्न
सक्नुहुन्न र म मेरो बुवा आमाको धेरै सम्मान गर्छु त्यसैले मर्छु तर
भागेर बिहे गर्दिन ।।
तर तिमी मेरो बुवा आमा सँग कुरा गर्न सक्छौ अगाडी उहाँहरूको
इच्छा ।
त्यसमा मलाई कुनै समस्या छैन मलाई दाइजो चाहिएको होइन
तिमी भन्छौ भने म तिम्रो बाबा आमा सँग कुरा गर्छु ।।
केटा केटिको घर जान्छ र बिहेको कुरा गर्छ
केटिको बुवाले भन्छन ,म सँग १००० रुपैयाँ मात्र छ यति पैसाले
कसरी बिहे गरिदिउ ।।
केटाले भन्यो बिहे १००० मा पनि हुन्छ ,,म भोलि आउछु मेरो
परिवारलाई लिएर ।।
अर्को दिन केटा आफ्नो परिवार सहित आउँछ अनि सबै जना
उसको गाडिमा बस्छन ।।
केही अगाडि गएर केटाले मिठाई पसलमा गाडी रोक्छ केटिको
बाउलाई १००० को मिठाई किन्न भन्छ ।।
मिठाई किनेर केटाले मन्दिरमा लगेर गाडी रोक्छ र मन्दिरमा
केटिसङ बिहे गर्छ ।।
केटाले भन्छ ल अब त्यो मिठाई अब आफ्नो टोलमा लगेर
बाडिदिनुहोस ।।१००० मा बिहे पनि भयो र सबै को मुख पनि
मीठो भयो ।।
यस्तो कुरा सुनेर केटिको बाउको आँखा रसाउछ ।।
तर बिहेको २ महिना पछी केटाको गाडी दुर्घटनामा मृत्यु हुन्छ ।।
केटि दुर्घटना स्थलमा जान्छे र केटाको लास देखेर बेहोस हुन्छे ।।
पोस्ट्मार्टम पछि केटाको लास र रगत लागेको कपडा घर आउँछ ।।
केटाको काजक्रिया गरिन्छ ।।
केटिले केटाको कपडा धोबिलाई धुन दिन्छे ।।
धोबिले भन्छ , बहिनी यो कपडा फालिदेउ , यो कपडा अब बेकार
छ ।।
तर केटि भन्छे :- भयो म आफै धुन्छु ; यो कपडा उहाँको यादको
रुपमा म आफुसँग नै राख्नेछु सधै ।।
केटिले आफै त्यो कपडा धुन्छे तर त्यसबाट रगतको दाग गएन ।।
साँझ जब केटि सुति उसले सपनामा एक जना बुडि आइमाईलाई
देखि र डराएर उठि ।।
अर्को दिन फेरि त्यो लुगा धोइ तर पनि त्यो रगतको दाग गएन
फेरि सुति र फेरि पनि सपनामा त्यो बुडिलाई देखि
सपनामा त्यो बुडिले भनी यो रगतको दाग यतिकै जादैन
यो क्रम एक हप्ता सम्म चल्दैगयो
केटिलाई अब सुत्न नै गार्हो भैसकेको थियो
तर आठौं दिनमा केटिको घरको घन्टी बज्यो
केटिले ढोका खोली
र......
र.........
डर ले एक्दम जोड ले चिच्याइ
त्यो सपनामा आउने बुडि उसको अगाडी थिई ।।
बुडिले भनी :- नडराउ नानी , म जान्दछु कि तिमी त्यो कपडामा
भएको रगतको दाग नगएर चिन्तित छौ तर त्यो दाग यति सजिलै
जानेवाला छैन किनकी ...
तिमीले साबुन नै गलत प्रयोग गरिरहेकी छौ ।।
यो लिउ पुजा साबुन ।
यसले त्यो दाग अवस्य जानेछ ।
यति भन्दै त्यो बुडि त्यहाँ देखि साबुनको पैसा पनि नलिगी गइ ।।
केटिले उक्त कपडा पुजा सबुनले धुँदा रगतको दाग सबै गयो ।।

त्यसकारण जस्तो सुकै दाग हटाउनको लागि पुजा साबुनको
प्रयोग गरौ
सुरुमा मेरो पनि दिमाग खराब भाको थियो जब कसैले यो मलाई
पठाएको थियो
अब अरुको दिमाग खराब गराउने पालो तपाईको।

Comments

Popular posts from this blog

बिराटनगरमा अहिलेको बाटो को अवस्था || Current Road conditions in BIRATNAG...

Shree kalika secondary school

School of helaunchha V.D.C

Pathivara temple taplejung